नरहरिनाथ–४ मा पहिलोपटक स्थानीयको सक्रियतामा भव्य वृक्षारोपण

फाष्टन एक्सनको आर्थिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वय तथा सहकर्मी समाजको सहजीकरणमा सञ्चालित सम्मान परियोजना अन्तर्गत नरहरिनाथ गाउँपालिका वडा नं. ४ मा पहिलोपटक समुदायको लगानीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

गोठी टोलमा आयोजित कार्यक्रममा दलित तथा गैरदलित समुदायको संयुक्त सहभागितामा “लालीगुराँस रानी वन” क्षेत्रमा वृक्षारोपण गरिएको हो। गत जेठ १२ गते बसेको दलित र गैरदलित समुदायको भेलाले लालीगुराँस रानी वन स्थापना तथा वृक्षारोपण गर्ने निर्णय गरेअनुसार कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ।

नरहरिनाथ गाउँपालिका वडा नं. ४ का वडा सदस्य रमाने बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४५ जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा बाज, दल्लो, निगालो, पुलम, बयस, गुराँस, किमु, आरु, उर्तिस, मेल र पैयाँ गरी ११ प्रकारका विरुवा रोपिएको छ।

कार्यक्रममा वडा सदस्य रमाने बुढा, वडा सदस्य नरेन्द्र बहादुर सहकारी, दलित महिला सदस्य राजु दर्जी तथा लालीगुराँस रानी वनका अध्यक्ष रामबहादुर बुढाको विशेष उपस्थिति रहेको थियो।

सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामुदायिक एकता मजबुत बनाउन वृक्षारोपण अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए। स्थानीय समुदायको सक्रियता दलित–गैरदलितबीचको सहकार्यले कार्यक्रमलाई थप उदाहरणीय बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रम आयोजकहरूले वृक्षारोपण जस्तो सामाजिक तथा वातावरणीय महत्वको अभियानमा सहभागी भई सहयोग गर्ने सम्पूर्ण वडा नं. ४ का जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।

सोही कार्यक्रमको सहजीकरण सामुदायिक प्रशिक्षक मानबहादुर विश्वकर्माले गर्नुभएको थियो।

https://kalikotkhabar.com/?p=539

Success Stories
Blog20260518 120043 1
Story from Bheri municipality (CBNO name: Bheri Samudayik Bikas Manch (BSBM))
Bhurchaur of Bheri Municipality Ward No. 10 suffered small to large landslides frequently during the monsoon season. Because of this, the group members in the Bhurchaur were continuously concerned about
Blog20260518 115827
Sukmali Chaudhary Becoming Self-Reliant Through Pig Farming
Sukmali Chaudhary is a hardworking woman who once struggled with severe financial difficulties. Her family relied mainly on daily wage labor for survival, but the income was minimal and irregular,
Blog20260518 115544
Transforming Jhilmila Wetlands into a Productive Farming Area
Jhilmila village, situated in Ward No. 5 of Beldandi Rural Municipality, was traditionally a wetland where only one-season crops were cultivated. Residents avoided farming the land due to its wet
×
Scroll to Top

Feedback and Complaints Form

Make a Donation

Scan this QR code

Scan to make Donation

Open your smartphone camera or any QR reader app to scan this code. It will securely make payment.

Make Membership Fee Payment

Scan this QR code

Membership Fee

General members: NPR 195
Executive Committee: NPR 315
Date limitation: End of Asadh (Normal fee) and Shrawan End (Double the membership fee)